शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

प्रहरी अस्पतालमा आईयुआई सेवाबाट प्रथम शिशुको जन्म

प्रहरी अस्पतालमा आईयुआई सेवाबाट प्रथम शिशुको जन्म

images
२०८२ मंसिर ५ गते, शुक्रवार
२०८२ मंसिर ५ गते, शुक्रवार
  • काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगन्जमा इन्ट्रा यूटेरिन इन्सेमिनेशन (आईयुआई) सेवाबाट प्रथम शिशुको जन्म भएको छ।

    images

    निःसन्तान दम्पतीको बढ्दो चापलाई मध्यनजर गर्दै २०८१ साल कार्तिक २७ गतेबाट शुरु गरीएको आइयुआई सेवाको फल स्वरुप २०८२ साल कार्तिक ३० गते नेपाल प्रहरी अस्पतालमा प्रथम शिशुको जन्म भएको हो।

    images

    प्रहरी अस्पतालले सो प्रविधिबाट जन्मिएका शिशुको तस्वीर आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेक छ। तर शिशु र आमाको नामसहित परिचय खुलाइएको छैन।

    के हो आईयूआई?

    आईयूआई विधिलाई पछिल्लो समय बढ्दो निःसन्तान हुने समस्याको समाधानका लागि चिकित्सकहरूले सहज विधि मान्न थालेका छन्। पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आईयूआई हो।

    महिलाको अण्डा समयमा नबन्ने भएकामा अण्डा बन्ने औषधिहरू दिने, शुक्रकीटको मात्रा कम भएकाहरूको शुक्रकिटलाई सफा गरेर स्वस्थ शुक्रकीटलाई पाठेघरमा राख्ने विधिलाई आईयूआई भनिन्छ। आईयूआई सजिलो, सस्तो र सरल विधि मानिन्छ।

    यो विधिबाट गर्भ बस्ने दर ३५ वर्षभन्दा कम उमेरका महिलामा १३ देखि ३० प्रतिशतसम्म हुन्छ। ३५ वर्ष उमेर कटेका महिलामा यसको सफलतादर ९ प्रतिशतभन्दा कम हुने गरेको चिकित्सकहरु बताउँछन्।

    चिकित्सकहरुका अनुसार आईयूआई ६ साइकलभन्दा बढी गर्न मिल्दैन। ६ पटकसम्म पनि गर्भवती नभएको अवस्थामा महिलाहरूलाई आईभीएफमा जान सल्लाह दिने गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend