शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त डा. कल्पना कुमारी श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।
डा. श्रेष्ठले शुक्रबार (आज) पदभार ग्रहण गरेकी हुन्।गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठलाई नियुक्त गरेको थियो।
यसअघिका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि केन्द्रमा कार्यकारी निर्देशक पद रिक्त थियो।
नवनियुक्त कार्यकारी निर्देशक डा. श्रेष्ठ सोही केन्द्रमा वरिष्ठ चिकित्सकका रुपमा कार्यरत थिइन्। उनलाई कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थियो।



