शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

मेडिकल काउन्सिल निर्वाचन, ९ पद ३६ उम्मेदवार

मेडिकल काउन्सिल निर्वाचन, ९ पद ३६ उम्मेदवार

images
२०८२ मंसिर ४ गते, बिहिवार
२०८२ मंसिर ४ गते, बिहिवार
  • काठमाडौं। नेपाल मेडिकल काउन्सिलको आसन्न निर्वाचनका लागि ३६ जनाको उम्मेदवारी कायम भएको छ। 

    images

    काउन्सिलको नयाँ कार्यसमिति चुन्न काठमाडौँ उपत्यका बाहिर आगानी पुस ५ र ६ गते तथा काठमाडौं उपत्यका भित्र पुस ११ र १२ गते मतदान हुँदै छ।

    images

    कुल ९ पदका लागि हुने निर्वाचनमा ३७ जनाको उम्मेदवारी परेकोमा उपाध्यक्षका एक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब ३६ जनाबिच प्रतिस्पर्धा हुनेछ।

    निर्वाचनका लागि एक उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेकोमा डा. कालुसिंह खत्रीले उम्मेदवारी फिर्ता लिएपछि अब डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाका बिचमा प्रतिस्पर्धा हुनेछ। यी तीन मध्ये एक जना अब मेडिकल काउन्सिलको उपाध्यक्ष बन्ने छन्।

    यसैगरी आठ सदस्यका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएकोमा सबैको उम्मेदवारी कायम भएको छ। उम्मेदवारी फिर्ता लिनका लागि आज बिहीबार ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

    आठ सदस्यका लागि डा. प्रमोदकुमार साह, डा. नीना राई, डा. दिनेशकुमार विक, डा. बुद्धि प्रसाद भण्डारी, डा. दीपेन्द्र पाण्डे, डा. विजय बिक्रम बम, डा. प्राची बोगटी, डा. हरिप्रसाद रिजाल, डा. निशास भुर्त्याल, डा. अस्मिता पोखरेल, डा. प्रदीपक कुमार रोय, डा. कुम्भराज जोशी, डा. ध्रुबनारायण साह, डा. दिनेश दर्नाल, डा. अरुणकुमार महत, डा. कुन्दन शेखर शर्मा उम्मेदवार छन्।

    यसैगरी डा. उज्वल ठाकुर, डा. दीपेश पौडेल, डा. उत्तरकुमार गौतम, डा. सारिका गोइत, डा. सम्राट पराजुली र डा. योभिनकुमार यादव, डा. सरोजकुमार गोहीवार, डा. बुद्धिनाथ साह, डा. सरस्वति भट्टराई, डा. छविलाल पन्थी पनि सदस्यका लागि प्रतिस्पर्धामा छन्।

    यस्तै सदस्य पदमा नै डा. रविन बस्नेत, डा. सरोजकुमार साह, डा. प्रकाश सिंह, डा. राम थापा क्षेत्री, डा. बुद्धिमान तामाङ, डा. दिक्षान्त आचार्य र डा. घनश्याम पाण्डे उम्मेदवार छन्।

    यी हुन उम्मेदवार:

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend