बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

डिम्ब तस्करी प्रकरण

होपका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

होपका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

images
२०८२ कार्तिक ३० गते, आइतवार
२०८२ कार्तिक ३० गते, आइतवार
  • काठमाडौं। डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

    images

    आइतबार सर्वोच्च अदालतमा कानुनका विद्यार्थीद्वय उपेन्द्र राउत र आयुष मिश्रले रिट निवेदन पेस गरेका हुन्। रिट निवेदनमा उक्त विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको छ।

    images

    नाबालिकाको डिम्ब निकाली महँगो मूल्यमा बिक्री गरेको अभियोगमा मुद्दा नचलाउने भनी होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई उन्मुक्ति दिन महान्यायाधिवक्ता सविता भण्डारीको कार्यालयबाट निर्णय भएको रिटमा भनिएको छ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र सर्वोच्चले अध्ययन गरिरहेको छ। रिट दर्ता गर्ने वा नगर्ने विषयमा भने सोमबार मात्र निर्णय हुने प्रवक्ता कोइरालाले जानकारी दिए।

    यसअघि, सर्वोच्च अदालतले डिम्ब निष्कासन तथा भण्डारणमा रोक्न सरकारका नाममा आदेश दिएको थियो।

    सर्वोच्चमा दायर रिटमा बरालको प्रत्यक्ष स्वार्थ बाझिने मुद्दामा दबाब दिएर निर्णय गराएको जिकिर गर्दै महान्यायाधिवक्ता भन्डारीलाई पदमुक्त गर्नसमेत माग गरिएको छ।

    सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआइबीले होपका सञ्चालक डा. स्वस्ति शर्मा, डा. मलिनी चौधरी, प्रत्यूषा बराल र डा. असीम अधिकारीलाई पक्राउ समेत गरेको थियो। उनीहरू पछि हाजिरी जमानतमा छुटेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend