काठमाडौं। निजामती कर्मचारी अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर) लाई अस्पताल परिसर भित्र प्रवेशमा रोक लगाएको छ।
अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्ने गर्दा उपचाररत बिरामीलाई असुविधा पर्न गएको र अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर पर्ने हुँदा अस्पताल प्रवेशमा रोक लगाएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले यस अघि पनि सूचना प्रकाशित गरेर सचेत गराएकोमा हालपनि सो कार्य भइरहेको बुझिन आएको भनेको छ।
‘अब यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुनेछ।´ अस्पतालद्वारा जारी सूचनामा भनिएको छ।




