बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपदको क्षति : सडक र पुल पुनर्निर्माणका लागि साँढे १२ अर्ब लाग्ने

विपदको क्षति : सडक र पुल पुनर्निर्माणका लागि साँढे १२ अर्ब लाग्ने

images
२०८२ आश्विन २२ गते, बुधवार
२०८२ आश्विन २२ गते, बुधवार
  • काठमाडौं। केही दिन अघिको बाढी तथा पहिरोका कारण  क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

    images

    असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा सडक संरचनामा क्षती पुगेको छ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो। 

    यस्तै गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि पनि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको जानकारी दिए।

    अवरुद्ध सडक जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र नियमित अनुगमन भइरहेको उनले बताएका हुन्।

    यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। सो राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

    यस्तै क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ।

    त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ भने क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend