बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

केपी शर्मा ओली र रमेश लेखकविरुद्धको जाहेरी दर्ता नगरी प्रहरीले बुझ्यो

केपी शर्मा ओली र रमेश लेखकविरुद्धको जाहेरी दर्ता नगरी प्रहरीले बुझ्यो

images
२०८२ आश्विन २१ गते, मंगलवार
२०८२ आश्विन २१ गते, मंगलवार
  • काठमाडौं। जेन-जी समुहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले बुझेको छ।

    images

    सोमबार प्रहरीले जाहेरी लिन मानेको थिएन। त्यसपछि सोमबार रातिनै प्रधानमन्त्री शुशिला कार्कीले सुरक्षा प्रमुखको बैठक डाकेर अवस्थाबारे जानकारी लिएकी थिइन्।

    images

    सुदन गुरुङ लगायतले जेन-जी समूहमार्फत प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुखमाथिसमेत दबाब बढाएपछि गृहमन्त्रीलेसमेत सो विषयमा सुरक्षा निकायसँग छलफल गरेका थिए। त्यसपछि प्रहरीले जाहेरी बुझेको हो। तर दर्ता भने भएको छैन।

    प्रहरीले जाहेरी लिएपछि थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ।

    जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो। यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ।

    परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए। 

    ‘हामीले जाहेरी लिएर जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठाएका छौं, दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौं, पत्र यहाँबाट आयोगमा गइसक्यो।’ उनले भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend