बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका : मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता

प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका : मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता

images
२०८२ आश्विन २० गते, सोमवार
२०८२ आश्विन २० गते, सोमवार
  • काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। 

    images

    आयोगले निर्वाचन सम्पन्न गर्न गर्नु पर्ने कार्यहलाई समयबद्ध गर्न भन्दै सोमबार जारी गरेको कार्यतालिकाअनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता गरिने उल्लेख छ।

    images

    पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

    निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ। 

    समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।

    निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुने आयोगले जनाएको छ। निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुले मात्र सहभागी हुन पाउने कानुनी ब्यवस्था छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend