काठमाडौं। दशैँभर भारी वर्षा भएपछि आईतबारबाट काठमाडौंमा माैसम सुधार भएको छ। तर अझै देशमा मनसुनी वायूकाे प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार साेमबार दिउँसो बाग्मती प्रदेशका हिमाली,पहाडी र तराई क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै राती यी तीनै भेगमा माैसम बदली रहेपनि बर्षाकाे सम्भावना छैन।
मंगलबार र बुधवार दिउँसो पनि हिमाली, पहाडी र तराई भेगका एक- दुई स्थानमा मध्यम बर्षा हुनसक्ने महाशाखाकाे पूर्वानुमान छ। मंगलबारदेखि नै राती भने माैसम सफा रहने महाशाखाले जनाएको छ।



