बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बैशाखयता विपद्जन्य घटनाबाट २८५ जनाको मृत्यु

बैशाखयता विपद्जन्य घटनाबाट २८५ जनाको मृत्यु

images
२०८२ आश्विन १९ गते, आइतवार
२०८२ आश्विन १९ गते, आइतवार
  • काठमाडौं। विपद्जन्य घटनामा परेर बैशाखयता २८५ जनाको मृत्यु भएको छ।

    images

    यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको हो। यही अवधिमा २७ जना भने बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    images

    प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन्। आइतबार सबैभन्दा बढी इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको छ। पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उनले जानकारी दिइन्।

    प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ। त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो।

    प्राधिकरणले आज सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट ६, आगलागीबाट २३, हावाहुरीका कारण ८, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ।

    यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण ३ र जनावरको आक्रमणबाट १ जना बेपत्ता छन्। हालसम्म ४ हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर १ हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताइन। कुल ७ हजार २११ परिवार ती विपद्बाट प्रभावित भएको उनले जानकारी दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend