काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजेका लागि तय गरेको छ।
समितिले पुर्व मोहडा बनाएर टीक लगाउनु उत्तम हुने जनाएको छ।
समितिले आज विहान ९:२३ बजेका लागि देवी विसर्जनको समय निर्धारण भएको जनाएको छ। देवी विसर्जन पश्चात् टीक ग्रहण हुनेछ।
दशैंको कोजाग्रत पुर्णिमा असोज २० गते सोमबार परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।



