काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेकाे महत्वपूर्ण शक्तिपीठ मध्येकाे नक्साल भगवतिकाे दर्शन गरेका छन्।
महाअषटमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पाैडेल सहित पुगेर पुजाअर्चना गर्दै दर्शन गरेका हुन्।
राष्ट्रपतिले अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेकाे भएपनि याे पटक नक्साल भगवतिकाे मात्र दर्शन गरेका हुन्। अन्य शक्तिपिठमा भने भेटी पठाएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ।
दशैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।



