काठमाडौं। दशैंमा अधिकांसकाे राेजाइमा मासुका परिकार नै पर्ने गरेकाे पाइन्छ। मासुका परिकार खाँदा स्वास्थ्यलाई पनि उत्तिकै ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन्।
रेड मिट (रातो मासु) स्वास्थ्यका लागि बढी हानिकारक हुन्छ। अमेरिकाकाे नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ।
नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार ५० केजीसम्म तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस रेड मिट खानु स्वास्थ्यवर्द्धक हुन्छ। तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउन सक्छन्।
दीर्घरोगीहरूले भने मासिक एक पटक मात्रै रेड मिट खाँदा उचित हुन्छ। कुखुरा वा माछा भने एकसय ग्रामका हिसाबले साताको तीन पटक खान सकिने बताइएकाे छ।
प्रोटिनको मात्रा अधिक हुन नदिन गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान सुझाव दिइएकाे छ।



