काठमाडौं। काठमाडौंको हनुमानढोकास्थित काष्ठमण्डप नजिक एक घरमा भीषण आगलागी भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २० मा पर्ने काष्ठमण्डपसँगै जोडिएको एक घरमा सोमबार बिहान सबेरै अचानक आगलागी भएको हो।
नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन्।
`बिहान करिब ४ आगलागी भएको थियो। दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ।´ प्रवक्ता चन्दले भनिन्।
आगलागीबाट के कति क्षति भयो भन्ने खुलेको छैन। अहिले क्षतिको विवरण सङ्कलन हुँदैछ।



