काठमाडौं। सरकारले जेन- जी आन्दोलनका घाईतेका फलाेअपका लागि सातै प्रदेशमा जेन-जी क्लिनिककाे व्यवस्था गरेकाे छ।
सरकारले देशभरका १६ विभिन्न अस्पतालहरुबाट क्लिनिककाे सेवा प्रदान गर्ने भएको हो। गत भदाै २३ र २४ गते जेन-जी आन्दाेलनका क्रममा भएका घाइतेकाे परिचयपत्रका आधारमा नि:शुल्क उपचारकाे व्यवस्था गरिएको हाे।
सो आन्दोलनमा प्रहरीको गोली लागेर तथा घाइते भएकाहरुको उपचारका क्रममा गरी ७४ जनाको निधन भएको थियो भने एक हजार भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए।
उनीहरूको सरकारले नि:शुल्क उपचार गरिरहेको छ भने घाइतेको उपचारमा खटिएका कुरुवाका लागि हेरचाह तथा यातायात खर्च वापतसमेत रकम दिने निर्णय गरिसकेको छ।
यी हुन् १६ क्लिनिकको सेवा दिने अस्पताल र सम्पर्क ब्यक्तिहरु:




