बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मौसम : चार प्रदेशमा मध्यम, कोशी र बागमतीमा हुन सक्छ भारी वर्षा

मौसम : चार प्रदेशमा मध्यम, कोशी र बागमतीमा हुन सक्छ भारी वर्षा

images
२०८२ आश्विन १२ गते, आइतवार
२०८२ आश्विन १२ गते, आइतवार
  • काठमाडौं। आइतबार (आज) देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

    images

    यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

    राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

    हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको महाशाखाले भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend