बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आन्दोलनका घाइते भेट्न टिचिङ अस्पताल पुगे संचारमन्त्री

आन्दोलनका घाइते भेट्न टिचिङ अस्पताल पुगे संचारमन्त्री

images
२०८२ आश्विन १० गते, शुक्रवार
२०८२ आश्विन १० गते, शुक्रवार
  • काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जेन-जी आन्दोलनका घाइतेको अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) पुगेका छन्।

    images

    संचार मन्त्री खरेल शुक्रबार जेन-जी आन्दोलनका क्रममा घाइतेलाई भेट्न टिचिङ अस्पताल महाराजगन्ज पुगेका हुन्। 

    images

    उपचाररत आन्दोलनका घाइतेहरुसँगको भेटपछि संचारमन्त्री खरेलले घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको जानकारी दिए।

    `घाइतेहरुको अवस्था बुझें, अवस्था सुधारोन्मुख छ, उहाँहरुले केही कुरा पनि राख्नु भएको छ, जसरी हुन्छ पहिले राम्रोसँग उपचार गर्ने र जतिसक्दो छिटो उपचार गराएर सामान्य जीवनमा फर्काउने बाटोमा अस्पताल लागिरहेको देखें, सरकार घाइतेको उपचारमा सक्रिय छ।´ मन्त्री खरेलले घाइतेहरुसँगको भेटपछि संचारकर्मीहरुसँग भने।

    भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरु टिचिङ अस्पतालसहित ट्रमा सेन्टर, केएमसी अस्पताल लगायतमा उपचाररत छन्।

    सो आन्दोलनमा ७५ जनाको मृत्यु भएको थियो भबे एक हजार भन्दा बढी ब्यक्ति घाइते भएका थिए। घाइते मध्ये धेरै उपचारपछि घर फर्किसकेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend