बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तुइन खोला पहिरो : दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

तुइन खोला पहिरो : दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

images
२०८२ आश्विन ९ गते, बिहिवार
२०८२ आश्विन ९ गते, बिहिवार
  • चितवन। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै खसेको पहिरो हटाइएको छ। पहिरो हटाइएपछि सडक दुईतर्फी संचालन भएको छ।

    images

    मंगलबार गएको पहिरोका कारण सो सडक अबरुद्ध हुँदै आएको थियो। बिहीबार राती १० बजे पहिरो पन्छाइएपछि सडक खुलेको छ।

    images

    पहिरो पन्छाएर सडक सफा गर्ने काम सकिएपछि सडक सुचारु भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

    डिभिजन कार्यालयका इन्जिनियरको नेतृत्वमा निरन्तर ६ वटा उपकरण परिचालन गरेर पहिरो हटाउने काम गरिएको थियो। यस्तै बिहीबार साँझदेखि फ्लडलाइट जडान गरेर पहिरो पन्छाउन सुरु गरिएको थियो। 

    डिभिजन सडक कार्यालयका अनुसार पहिरो पन्छाएपछि भित्तामा टाँसिएर रहेका बाँकी ढुंगा, माटोहरू पूर्णरूपमा सफा गरेर सडक दुईतर्फी सुचारु गरिएको हो।

    सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो। 

    सो सड अबरुद्ध हुँदा चितवन, कास्की, तनहुँ, रुपन्देही लगायतका जिल्लाबाट आएका साना तथा ठुला सवारीसाधन हेटौंडा हुँदै काठमाडौं आउने जाने गरिरहेका छन्। जसका कारण हेटौंडा जोड्ने विभिन्न सडकमा सवारीको चाप बढेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend