बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित, समस्या भए फोन गर्नुस!

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित, समस्या भए फोन गर्नुस!

images
२०८२ आश्विन ८ गते, बुधवार
२०८२ आश्विन ८ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनपछि असहज अवस्थाबाट गुज्रीएका आफ्ना सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको छ।

    images

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिडका समयदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी गराए।

    images

    “स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारीअनुसारको पारदर्शिता तथा जवाफदेहितालाई अझै सुदृढ गर्दै लैजाने यस मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्र पुनःस्थापित गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।” जारी विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा सेवा प्रवाहमा कुनै कठिनाइ भए हट लाइन नम्बरमा फोन गर्न आग्रह गरिएको छ।

    यस्तै मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अस्पतालबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं सेवा प्रवाहमा परेको कठिनाइ सिर्जना भएको अवस्था हटलाइन नम्बरमा फोन गर्न विज्ञप्तिमा भनिएको छ।

    मन्त्रालयले हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाटस् एप ९८५१३३०५९२ र इमेल info@mohp.gov.np, प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत जानकारी गराउन आग्रह गरेको छ। 

    मन्त्रालयले पूर्ण रूपमा जलेर नष्ट रहेको अवस्थामा अस्थायी व्यवस्थापनबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता डा. बूढाथोकीले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend