बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डेंगी सङ्क्रमितको संख्या पाँच हजार नजिक, कुन प्रदेशमा कति पुगे?

डेंगी सङ्क्रमितको संख्या पाँच हजार नजिक, कुन प्रदेशमा कति पुगे?

images
२०८२ आश्विन ८ गते, बुधवार
२०८२ आश्विन ८ गते, बुधवार
  • काठमाडौं। देशभर डेंगी संक्रमितको संख्या बढेको छ। जनवरीयता मंगलबारसम्म डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ।

    images

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर ४ हजार ८१४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

    images

    महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले ४ हजार ८१४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए। उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ।

    डेंगी सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। डा. दाहालले पानी पर्न रोकिएसँगै अब जाडो मौसम सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुन सक्ने बताए।

    महाशाखाको तथ्याङ्कअनुसार कोशी प्रदेशमा ७१४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा १ हजार ६४, गण्डकी प्रदेशमा १ हजार २७३ जना, लुम्बिनी प्रदेशमा ८४३, कर्णाली प्रदेशमा २७०  र सुदूरपश्चिम प्रदेशमा ५५५ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend