बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैलेख अस्पतालमा बढ्दै बिरामीको चाप, भुइँमै राखेर उपचार

दैलेख अस्पतालमा बढ्दै बिरामीको चाप, भुइँमै राखेर उपचार

images
२०८२ आश्विन ७ गते, मंगलवार
२०८२ आश्विन ७ गते, मंगलवार
  • काठमाडौं। जिल्ला अस्पताल दैलेखमा बिरामीको चाप बढ्दै गएपछि बेड अभावमा भुँइमै राखेर उपचार सुरु गरिएको छ।

    images

    जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि जीर्ण अवस्थामा रहेको भवनमा विगत केही वर्षदेखि ६५ शय्या सञ्चालनमा ल्याइएपनि बिरामीको बढ्दो चापले अझै शय्या अभाव भइरहेको छ। अहिले दैनिक १५० भन्दा बढी बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन्।

    images

    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले दैनिक आउने बिरामीको संख्या बढेपछि समस्या भएको बताए।

    `अस्पतालमा संरचनाको अभाव छ, बेड राख्ने ठाउँ छैन, बिरामी दैनिक १५० भन्दा बढी आउँछन्,  बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ।´ विश्वकर्माले भने।

    उनका अनुसार अस्पतालमा नयाँ भवन निर्माणका लागि काम सुरुभएको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन। कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा नयाँ भवन बन्नेक्रममा छ। सो भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गत जेठमा नै सकिएको प्रमुख विश्वकर्माले जानकारी दिए।

    अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमा बन्न नसक्दा झन समस्या थपिएको स्थानीयको आरोप छ।

    निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको स्वीकारे।

    जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको भन्दै पटकपटक म्याद थप गर्न नसकिने बताए। अस्पतालको नयाँ भवन नबन्दा बिरामीले अझै सास्ती ब्यहोर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend