बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रलाई हटाइयो, मनोजलाई जिम्मेवारी

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रलाई हटाइयो, मनोजलाई जिम्मेवारी

images
२०८२ आश्विन ५ गते, आइतवार
२०८२ आश्विन ५ गते, आइतवार
  • काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ।

    images

    आइतबार बसेको मन्त्रीपरिषद बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो।

    images

    बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणकै पुर्व उपकार्यकारी निर्देशक रहेका इन्जिनियर मनोज सिलवाललाई नियुक्त गरेको छ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाएर सिलवलाई नियुक्त गरिएको जानकारी दिए।

    गृहमन्त्री अर्यालका अनुसार मन्त्रीपरिषद बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend