बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य मन्त्रालयका ८४ सवारीसाधनमा आगजनी

स्वास्थ्य मन्त्रालयका ८४ सवारीसाधनमा आगजनी

images
२०८२ आश्विन ५ गते, आइतवार
२०८२ आश्विन ५ गते, आइतवार
  • काठमाडौं। भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दोस्रो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका ८४ सवारीसाधनमा आगजनी भएको छ।

    images

    मन्त्रालयका सचिवदेखि अतिरिक्त सचिव, विभिन्न महाशाखाका प्रमुख तथा अन्य कर्मचारीका गरि स्वास्थ्य मन्त्रालय हाताभित्र रहेका विभिन्न प्रकारका ८४ वटा सवारीसाधनमा आगजनी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबारसम्म संकलित विवरण अनुसार मन्त्रालयमा रहेका ८४ सवारीसाधन आगजनीबाट नष्ट भएको जानकारी दिएका हुन्।

    `सचिव, अतिरिक्त सचिव, विभिन्न महाशाखाका प्रमुखसहित कर्मचारीहरुका गरेर अहिलेसम्म ८४ सवारीसाधन आगजनी भएको विवरण आएको छ, त्यसमा गाडीदेखि मोटरसाइकल, स्कुटर लगायत छन्।´ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले एक्सरे नेपालसँगको संवादमा भने।

    उनका अनुसार मन्त्रालयमा अन्य के कति क्षती भयो भन्ने बारे विवरण संकलन हुने क्रममा छ। आन्दोलनका क्रममा भएको आगजनीपछि मन्त्रालय भवन जलेल खरानी भएको छ।

    हाल मन्त्रालयको कामकारबाही अस्थायी रुपमा राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद्को पुरानो भवनका केही कोठाबाट संचालन गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend