बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कमजोर बन्दै मनसुन, भारी वर्षा न्युन मात्रै

कमजोर बन्दै मनसुन, भारी वर्षा न्युन मात्रै

images
२०८२ आश्विन ५ गते, आइतवार
२०८२ आश्विन ५ गते, आइतवार
  • काठमाडौं। नेपालमा मनसुन कमजोर बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको तथा स्थानीय वायुको आँशिक प्रभाव रहेको छ।

    images

    महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ। 

    images

    कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

    यस्तै आइतबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी आइतबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

    कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend