काठमाडौं। पछिल्लाे साता बर्षामय बनेकाे काठमाडौंकाे माैसम शनिवारदेखि केही खुलेकाे छ।
शनिवार दिउँसो काेसी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी,बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
शनिवार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
यी चार प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।



