बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य मन्त्रालयद्वारा सरुवा र काज स्थगित

स्वास्थ्य मन्त्रालयद्वारा सरुवा र काज स्थगित

images
२०८२ आश्विन ३ गते, शुक्रवार
२०८२ आश्विन ३ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट मन्त्रालयको संरचना र सम्पुर्ण अभिलेखहरु जलेर नष्ट भएको भन्दै तत्कालका लागि कर्मचारी सरुवा तथा काज सम्बन्धि कामकारबाही नहुने बताएको छ।

    images

    मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कर्मचारी प्रशासनबाट प्रवाह गरिने अत्यावश्यक सेवा प्रवाहसँग सम्बद्ध बाहेकका सेवा अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताएको हो।

    images

    स्वास्थ्य मन्त्रालयले हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनबाट मन्त्रालयको कामकाज संचालन गरिरहेको छ।

    गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको आगजनी पछि मन्त्रालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend