बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ : कांग्रेस

सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ : कांग्रेस

images
२०८२ आश्विन ३ गते, शुक्रवार
२०८२ आश्विन ३ गते, शुक्रवार
  • काठमाडौं। जेन-जी आन्दोलनका क्रममा आक्रमण हुँदा घाइते भएका नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

    images

    कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले सभापति देउवाको गर्धनभन्दा माथिल्लो भागमा टाउकोमा १२ वटा टाँका लगाइएको बताए। शुक्रबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको संवादमा उनले सो बारे जानकारी दिएका हुन्।

    images

    `सुरुमा हामी अतालिएका थियौं, अहिले सभापति दम्पतिको स्वास्थमा सुधार हुँदै गएको छ, सभापति ज्युको टाउकोको पछाडी गर्धनभन्दा माथि करिब १२ टाँका लगाइएको र गर्धनमा पनि चोट छ।´ प्रचार बिभाग प्रमुख विश्वकर्माले भने।

    विश्वकर्माका अनुसार देउवासहित नेतृ आरजु राणाको स्वास्थ्यमा अहिले सुधार भएको छ। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आफ्नै निवास बुढानिलकण्ठमा आक्रमण भएको थियो।

    आक्रमणबाट देउवा दम्पती घाइते भएका थिए भने नेपाली सेनाले उनीहरुको उद्धार गरेर सैनिक अस्पताल छाउनी लगेर उपचार गरेको थियो।

    नेता विश्वकर्माका अनुसार अहिले कांग्रेस सभापति देउवा सामान्य बोलचाल, हिडडुल र नेताहरुसँग भेटघाट गर्न सक्ने अवस्थामा छन्।

    `डाक्टरको परामर्शले अझै केही दिन अस्पतालमा नै बस्ने भन्ने छ, उठ्दा चक्कर लाग्ने, धेरै बोल्दा अनइजी हुने जस्तो भइरहेकाले अस्पतालमा नै बसेर स्वास्थ्यलाभ गर्ने भन्ने डाक्टरको सुझाव भएकाले अहिले नै डीस्चार्ज नभएको अवस्था हो।´ विश्वकर्माले भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend