बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी सहिदको सम्मानमा आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

जेन-जी सहिदको सम्मानमा आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

images
२०८२ आश्विन १ गते, बुधवार
२०८२ आश्विन १ गते, बुधवार
  • काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते भएको  जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
     
    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।
     
    जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

    images

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend