काठमाडौं। वरिष्ठ नेत्रराेग विशेषज्ञ डा. सन्दुक रुईतले आफू वर्तमान मन्त्री मण्डलमा नजाने स्पष्ट पारेका छन्।
तिलगंगा आँखा प्रतिष्ठानमा मंगलबार सञ्चारकर्मी सँगकाे प्रतिक्रियामा उनले सरकरमा सहभागिता बारे स्पष्ट बताएका हुन्।
मन्त्रीमण्डलमा सहभागी हुनेबारे छलफल गर्न भन्दै मंगलबार प्रधानमन्त्री शुशिला कार्की प्रतिष्ठान पुगेकी थिइन्। त्यहाँ रहँदा प्रधानमन्त्री कार्की र डा. रुईतबीच के छलफल भयो भन्ने बारे केही खुलाइएको छैन।
तर प्रधानमन्त्री कार्कीलाई बिदाई गर्दै गर्दा डा. रुईतले भने "बिरामी छाेडेर आउँदैन" भन्दै सञ्चारकर्मीलाई प्रतिक्रिया दिए।
सञ्चारकर्मीले उनलाई डा. साब क्याबिनेटमा आउँदै हाे? भनी गरेकाे प्रश्नमा उनले जवाफ दिएका हुन्।
``यहाँ यत्राे काम छाेडेर आउने?´´ बिरामी छाेडेर आउँदैन।" डा. रुइतले भनेका छन्।
कार्की नेतृत्वकाे सरकारमा स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी डा. रुईतलाई दिइनुपर्ने आम नागरिककाे आवाज छ।



