काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते मृत्यु भएका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति बापत १० लाख र अन्य खर्च वापत ५ लाख गरि १५ लाख उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार मन्त्रीपरिषद विस्तारपछि बसेको मन्त्रीपरिषदको बैठकले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर सहयोग स्वरुप १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।
यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।



