बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी आन्दोलनका घाइते भेट्न ट्रमा र सिभिल अस्पताल पुगिन प्रधानमन्त्री

जेन-जी आन्दोलनका घाइते भेट्न ट्रमा र सिभिल अस्पताल पुगिन प्रधानमन्त्री

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शुशिला कार्की जेन-जी आन्दोलनका घाइते भेट्न राष्ट्रिय ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी छिन्।

    images

    शुक्रबार राति प्रधानमन्त्री नियुक्त कार्की शनिबार दिउँसो आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेकी हुन्।

    images

    सो क्रममा उनले अस्पतालका निर्देशकहरुसँग उपचारको अवस्था बारे जानकारी समेत लिइन्। सो क्रममा प्रधानमन्त्री कार्कीलाई घाइतेहरूले ज्यानको बलिदानी दिएर देशको परिवर्तनका लागि उत्रिएको बताउँदै देश र जनतालाई ध्यान दिएर काम गर्न आग्रह गरे।

    उनीहरूले देशमा ब्याप्त भ्रष्टाचार र अनियमितताको पनि अन्त्य चाहेको बताउँदै प्रधानमन्त्री कार्कीसँग आशा रहेको बताएका थिए।

    आगलागीबाट जलेको प्रहरी चौकीको निरिक्षण

    प्रधानमन्त्री कार्कीले आज नै आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गरेकी छिन्। प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो।

    जेन-जी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ। यस्तै १८ सय बढी घाइते छन्। धेरै जसो सामान्य अवस्थाका घाइते उपचारपछि घर फर्किएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend