काठमाडौं । जेन-जी आन्दोलका कारण आगलागीमा परेर ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक काम अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट संचालन हुने भएको छ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो भागमा रहेको परिषद्को कार्यालय भने आगलागीबाट जोगिएको छ। सँगै जोडिएको परिषद्को कार्यालयबाट तत्कालका लागि मन्त्रालयको कामचलाउ कामकारबाही गरिने सचिव डा. विकास देवकोटाले जानकारी दिए।
`तत्कालका लागि मन्त्रालयसँगै जोडिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम गर्ने गरेर तयारी गरेका छौं, त्यहाँ दुईवटा भवनहरु छन्, नयाँ भवन सन्चालनमा आएको छैन, पुरानो भवनमा केही कोठाहरु मन्त्रालयका लागि लिएर काम गर्ने तयारी छ।´ मन्त्रालयका सचिव डा देवकोटाले भने।
डा देवकोटाका अनुसार आइतबारदेखि सबै कर्मचारीलाई मन्त्रालय बोलाइएको छ। कर्मचारी आएपछि पहिले क्षतीग्रस्त भवनका कोठाहरुको सरसफाइको काम हुनेछ भने जोगिएका कागजातहरु संकलन गरिनेछ।



