बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डा. भिमार्जुन आचार्य र दिनेश त्रिपाठीलाई प्रश्न : राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह के हुन्छ?

डा. भिमार्जुन आचार्य र दिनेश त्रिपाठीलाई प्रश्न : राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह के हुन्छ?

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। संविधानविद डा. भिमार्जुन आचार्यले नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभा विघटन नहुने बताएका छन्।

    images

    उनले प्रदेश सभा र स्थानीय तहको विषय भने अन्योलमा रहेको बताए।

    images

    एक्सरे नेपालसँग कुरा गर्दै डा. आचार्यले राष्ट्रपति कार्यालयले जारी गरेको पत्रमा प्रतिनिधि सभा मात्र विघटन गरिएको उल्लेख भएको र अन्य विषयबारे नखुलाइएको बताएका हुन्।

    `पत्रमा प्रतिनिधि सभा मात्र विघटन भनिएको छ, राष्ट्रिय सभ त विघटन हुँदैन नै, प्रदेश सभा र स्थानीय तहबारे अन्य केही खुलाइएको छैन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन भएकाले अब यसलाई कसरी बुझ्ने म पनि स्पष्ट हुन सकेको छैन।´ डा. आचार्यले भने

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिबाट प्रतिनिधि सभा मात्र विघटन भएको र प्रदेश सभा विघटन अर्कै पाटो भएकाले अहिले प्रदेश सभा कायम रहेको बताए।

    `प्रदेश सभा विघटन भएको छैन, त्यसको आफ्नै पाटो छ, मुख्यमन्त्री प्रदेश प्रमुख समक्ष विघटनको सिफारिस गरेर प्रदेश प्रमुखले सदर गरेपछि विघटन हुन्छ, अहिले कायम छ।´ त्रिपाठीले भने।

    यद्यपि उनले अब प्रदेश सभाको विषयमा पनि प्रश्न भने उठ्ने बताए।

    उनले स्थानीय तहको नेतृत्व पनि जनताले प्रत्यक्ष निर्वाचन मार्फत चयन गरेकाले विघटन नहुने जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend