बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपतिबाट लिइन नवनियुक्त प्रधानमन्त्री कार्कीले सपथ

राष्ट्रपतिबाट लिइन नवनियुक्त प्रधानमन्त्री कार्कीले सपथ

images
२०८२ भाद्र २७ गते, शुक्रवार
२०८२ भाद्र २७ गते, शुक्रवार
  • काठमाडौं। नेपालको ४२ औं प्रधानमन्त्रीका रुपमा शुशिला कार्कीले पद तथा गोपनियताको सपथ लिएकी छन्।

    images

    शीतनिवासमा आयोजित विशेष समारोहमा उनले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।

    images

    राष्ट्रपति पौडेलले आज साँझ नै कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

    कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन्। उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ।

    त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ। यी दुवै धारालाई आधार बनाएर कार्कीलाई प्रधानमन्त्री बनाइएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend