काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। अब केहीबेरमा नै उनको सपथ हुने कार्यतालिका छ।
त्यसपछि आजै तीन सदस्यीय मन्त्री मण्डल बन्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको हो।
जेन-जी युवा समुहले तयार पारेको मन्त्रीको लिस्टमा कुलमान गुरुङ, ओमप्रकाश अर्याल र बालानन्द शर्मा छन्।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।



