काठमाडौं। जेन-जी आन्दाेलनपछि नयाँ सरकार गठन प्रक्रियाबारे राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले आफ्ना धारणा सार्वजनिक गरेका छन्।
शुक्रबार संघीय संसदकाे तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले विधिकाे शासन र संविधानबाट बाहिर जानू नहुनेमा आफूहरु दृढ रहेकाे स्पष्ट पारेका छन्।
उनीहरुले आन्दाेलनरत पक्षका माग पूरा गर्न र लाेकतन्त्र बलियाे बनाउन लाग्न सबैमा अपिल गरेका छन्।
आन्दोलनका क्रममा संसद भवन आगजनी गरिएकाे ४ दिनपछि प्रमुखद्वयकाे यस्ताे विज्ञप्ति आाएकाे हाे। नयाँ अन्तरिम सरकार गठनकाे पहल भइरहँदा कतिपय सांसदले भने संसद विघटन गरि फरक प्रकृयाबाट अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।




