काठमाडौं। जेन-जी समूहकाे आन्दाेलनका क्रममा घाईते भएका २३ जना अझै सिभिल अस्पताल मिनभवनमा उपचाररत छन्।
अस्पतालले शुक्रबार बिहान दिएकाे जानकारी अनुसार भदाै २३ गतेयता भर्ना भएका ४९ जनामध्ये २६ जना डिस्चार्ज भएका छन् भने २३ जना अझै उपचाररत छन्।
घाइतेमध्ये ४४ जनाकाे शल्यक्रिया गरिएकाे र ४४ जना अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ।
घटनामा घाईते भएका ४५६ जनाकाे सिभिलमा उपचार गरिएको र ६ जनाकाे मृत्यु भएको अस्पताकाे तथ्यांक छ।



