बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्दै, स्वागतको तयारी गर्न निर्देशन

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्दै, स्वागतको तयारी गर्न निर्देशन

images
२०८२ भाद्र २७ गते, शुक्रवार
२०८२ भाद्र २७ गते, शुक्रवार
  • काठमाडौं। जेन-जी पुस्ताको आन्दोलनपछि देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई देशको अन्तरिम सरकारको प्रधानमन्त्री बनाइने तयारी भइरहेको छ।

    images

    बिहीबार राति अबेरसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनबारे प्रधानसेनापति, विभिन्न राजनीतिक दलका नेतादेखि संविधानका जानकार र कानुनविद्हरुसँग छलफल गरेका थिए। सो क्रममा आन्दोलनरत पक्षसँग समेत राष्ट्रपतिले परामर्श गरेका थिए।

    images

    सो छलफलपछि राष्ट्रपति पौडेल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सकारात्मक भएका हुन्। तर आन्दोलनरत पक्षले उठाएको वर्तमान संसद विघटनको मागमा भने उनी सहमत भएका छैनन्।

    यसैबिच नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ। आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न शीतल निवासले निर्देशन दिइएको हो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend