बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस महामन्त्री विश्वप्रकाश र गगनले भने : `सबै पक्ष संयम र एकता साथ प्रस्तुत हुन जरुरी´

कांग्रेस महामन्त्री विश्वप्रकाश र गगनले भने : `सबै पक्ष संयम र एकता साथ प्रस्तुत हुन जरुरी´

images
२०८२ भाद्र २५ गते, बुधवार
२०८२ भाद्र २५ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले एकताका साथ प्रस्तुत हुन जरुरी रहेको बताएका छन्।

    images

    बुधबार विज्ञप्ति जारी गर्दै महामन्त्री शर्मा र थापाले भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी रहेको बताएका हुन्। 

    images

    देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति सबै गम्भीर बन्न आवश्यक रहेको भन्दै मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न सबै नेपालीलाई आह्वान गरेका छन्।

    त्यस्तै प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोगमार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण समेत गराएका छन्।

    महामन्त्रीद्वयले सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी रहेको औंल्याएका छन्।

    ‘हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं,’विज्ञप्तिमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend