काठमाडौं। सर्वोच्च अदालतले आज तोकिएका मुद्दाको पेसी स्थगित गरेको छ। यस्तै भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
सर्वोच्च अदालतका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएपछि सर्वोच्च अदालतले सूचना जरी गरेर पेसीमा रहेका मुद्दाको सुनुवाई अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो।
मंगलबार जेन-जी समुहको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो।




