बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१० बजेपछि सडकमा निस्किंदै सेना

१० बजेपछि सडकमा निस्किंदै सेना

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाइ सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट तथा आगजनी गर्ने गतिविधि भइरहेको हुँदा यस किसिमका कार्य नगर्न आग्रह गरेको छ।

    images

    सेनाले आज जारी गरेको विज्ञप्तिमा
    त्यस्ता गतिविधि नरोकिए नियन्त्रणमा लिनका लागि राति १० बजेबाट दृढ रुपमा खटिने बताएको हो। विज्ञप्तिमा सेना लगायतका सम्पूर्ण सुरक्षा निकायहरु रातिदेखि तैनाथ हुने भनिएको छ।

    images

    "यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्ना प्रमुख जिम्मेवारी पूरा गर्दै नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेदेखि दृढ रहने प्रतिवद्धता जानकारी गराउँदछौं।" सेनाले भनेको छ।

    विज्ञप्तिमा सुरक्षा स्थायित्व कायम गर्न सम्पूर्ण राष्ट्रवासीको सहयोगका लागि अपिल गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend