बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपाली सेनाले भन्यो : `संयमता अपनाऔं´

नेपाली सेनाले भन्यो : `संयमता अपनाऔं´

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। नेपाली सेनाले जेन-जी पुस्तालाई संयमता अपनाउन आग्रह गरेको छ।

    images

    नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सेनाले परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको हो।

    images

    यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ।

    ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ।

    ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ।’ सेनाले अघि भनेको छ।

    सोमबार र मंगलबार दिनभर जेन-जी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ।

    यसैगरी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सिंहदरबार, विभिन्न मन्त्रालय, मन्त्री निवास लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend