काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा कुटिएका छन्।
जेन-जी समुहका प्रदर्शनकारीहरुले पुर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री आरजु राणामाथि बुढानिलकण्ठ स्थित निवासमा नै आक्रमण गरेका हुन्।
प्रदर्शनकारीले घरमा आगजनी गर्दा उनीहरु त्यही थिए। सो क्रममा आन्दोलनकारीले उनीहरुलाई आक्रमण गरेका हुन्।
घाइते भएका देउवा र राणा दुबैलाई प्रहरीको जिम्मा लगाएका छन्। देउवालाई घाइते भएपछि कहाँ लगियो भन्ने बारे केही खुलाइएको छैन। उनको टाउको फुटेको छ।



