बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

मृतकको संख्या ९ पुग्यो, कुन अस्पतालमा कतिको मृत्यु?

मृतकको संख्या ९ पुग्यो, कुन अस्पतालमा कतिको मृत्यु?

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा घाइते भएका मध्ये ९ जनाको मृत्युु भएको छ।

    images

    काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत ६, सिभिल अस्पतालमा २ र सिनामंगलस्थित केएमसी अस्पतालमा १ जना गरि ९ जनाको मृत्यु भएको हो।

    images

    ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार घाइते भएर उपचारका लागि ल्याइएका ६ जनाको मृत्युु भएको हो। अन्य केहीको पनि अवस्था गम्भीर छ।

    यस्तै सिभिल अस्पतालमा पनि २ जनाको मृत्यु भएको कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। सिभिलमा ठूलो संख्यामा घाइतेको उपचार भैरहेको छ। सो अस्पतालमा आकस्मिक कक्षमा घाइतेलाई भुइँमा नै राखेर उपचार गरिएको छ।

    यसैगरी सिनामंगलस्थित केएमसी अस्पतालमा पनि एक जना घाइतेको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

    यस्तै त्रिवि शिक्षण अस्पतालमा १० जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend