काठमाडौं। भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ।
आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो। गोकी लागेर एक जना घाइते भएका छन्। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युआदेश जारी गरिसकेको छ।



