बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

सडकमा `जेन जी´, प्रहरीसँग घम्साघम्सी

सडकमा `जेन जी´, प्रहरीसँग घम्साघम्सी

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। सामाजिक सञ्जाल बन्दकाे विराेध र भ्रष्टाचार विरुद्ध देशका विभिन्न सहरमा जेन - जी समूहकाे प्रदर्शन जारी छ।

    images

    काठमाडौंकाे माईतीघरबाट सुरु भएको प्रदर्शन यतिखेर नयाँ बानेश्वर पुगेकाे छ। बानेश्वरकाे निषेधित क्षेत्र ताेडेर यतिखेर उनीहरुले प्रदर्शन गरिरहेका छन्।

    images

    माइतिघर-नयाँ बानेश्वर सडकम करिब १२ हजार बढी युवा उत्रिएको प्रहरी प्रशासनकाे दाबी छ। उनीहरुले साेसियल मिडिया बन्द भ्रष्टाचार खुला? मलाई बाेल्न दे सरकार, खाना खाउ देश हाेइन भन्दै नाराबाजी गरेका छन्।

    नयाँ बानेश्वर क्षेत्रमा अहिले प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परिरहेको छ। प्रदर्शन उत्तेजित बनेपछि प्रहरीले पानीकाे फाेहाेरा चलाएकाे छ।

    यस्तै पोखरा, बिरगंज, धनगढी लगायतका शहरमा पनि जेन-जी काे प्रदर्शन जारी छ।

    पछिल्लो समय सरकारले सामाजिक संजाल बन्द गराएपछि सर्वत्र विरोध हुँदै आइरहेको छ। 

    तस्वीर : सामाजिक संजालबाट

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend