बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम : राष्ट्रपति

भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम : राष्ट्रपति

images
२०८२ भाद्र १९ गते, बिहिवार
२०८२ भाद्र १९ गते, बिहिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम भएको बताएका छन्।

    images

    बिहीबार भाषा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुभाषिक मुलुक भएको उल्लेख गर्दै भाषा आयोगले नेपालका भाषाको अध्ययन, अनुसन्धान, अन्वेषण र संरक्षणमा पुर्याएको योगदानको लागि भाषा आयोगको प्रशंसा गरे।

    images

    सो क्रममा उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्‍न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको स्पष्ट पारे।

    सो क्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend