बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

असोजसम्म स्वास्थ्य बीमा नवीकरण नगरे जरिवानामा परिएला!

असोजसम्म स्वास्थ्य बीमा नवीकरण नगरे जरिवानामा परिएला!

images
२०८२ भाद्र १९ गते, बिहिवार
२०८२ भाद्र १९ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आगामी असोज मसान्त सम्ममा स्वास्थ्य बीमालेख नवीकरण नगर्ने बिमितहरुलाई जरिवाना लाग्ने बताएको छ।

    images

    बोर्डले यसअघि नै सूचना जारी गर्दै विगतमा स्वास्थ्य बीमामा आवद्ध तर बीमालेख नवीकरण नगरेका सम्पुर्ण बिमित परिवारलाई असोज ३१ गते  भित्रमा अनलाइन तथा दर्ता सहयोगीको माध्यमाट नवीकरण गर्न आग्रह गरिसकेको छ।

    images

    तोकिएको अवधिमा नवीकरण नगरेमा थप बिलम्ब शुल्क लाग्ने बीमा बोर्डले चेतावनी दिएको छ। त्यस्तो बिलम्ब शुल्क `स्वास्थ्य बीमा कार्यममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धि कार्यविधी २०८२ ’ अनुसार जरिवाना लाग्ने बोर्डले जनाएको छ।

    सो कार्यविधी अनुसार बीमालेखको अवधि कटाएर तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत रकम बढी तिर्नुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।

    यस्तै ६ महिनापछि नवीकरण गर्दा ३० प्रतिशत, ६ महिनादेखि एक वर्षभित्र नवीकरण गर्दा योगदान रकमको ५० प्रतिशत र एक वर्षपछि सत प्रतिशत अर्थात् योगदान रकम बराबर नै थप रकम तिर्नुपर्नेछ।

    यसैगरी दुई वर्षपछि नवीकरण गरेमा योगदान रकमको तीन गुणा र तीन वर्षपछि गरे योगदान रकमको चार गुणासम्म बढी रकम जरिवाना लाग्ने बोर्डले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend