बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

औषधि ब्यवसायलाई ‘संवेदनशील व्यवसायिक क्षेत्र’ घोषणा गर्न पीडानकाे माग

औषधि ब्यवसायलाई ‘संवेदनशील व्यवसायिक क्षेत्र’ घोषणा गर्न पीडानकाे माग

images
२०८२ भाद्र १७ गते, मंगलवार
२०८२ भाद्र १७ गते, मंगलवार
  • काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) ले औषधि ब्यवसायलाई ‘संवेदनशील व्यवसायिक क्षेत्र’ घोषणा गर्न माग गरेको छ।

    images

    काठमाडौंमा बसेको संघको पुर्ण बैठकले सरकारसँग औषधि व्यवसायलाई सुरक्षित, पारदर्शी र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न आग्रह गर्ने निर्णय गरेको हो। 

    images

    संघका केन्द्रीय अध्यक्ष गणेश नेपालले औषधि जस्तो संवेदनशील ब्यवसायीक क्षेत्र असुरक्षित रहेकाले सरकारसँग ‘संवेदनशील व्यवसायिक क्षेत्र’ घोषणा गर्न माग गरेको हो।

    उनले औषधिको व्यवसाय जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकै कारण सरकारले यसलाई ‘संवेदनशील व्यवसायिक क्षेत्र’को रूपमा विशेष प्राथमिकतामा राख्नुपर्ने पनि बताए।

    `औषधि ब्यवसाय जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकै कारण सरकारले यसलाई ‘संवेदनशील व्यवसायिक क्षेत्र’को रूपमा विशेष ध्यान दिन बैठकले माग गरेको हो।´ अध्यक्ष नेपालले भने।

    पीडानको दोस्रो पुर्ण बैठकले हाल औषधि थोक व्यवसाय सञ्चालनमा देखिएका विविध असहज परिस्थितिहरूलाई सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    संघले बैठकमार्फत आयात, भण्डारण, वितरण र खुद्रा बिक्रीसम्मको सम्पूर्ण प्रक्रियामा औषधिका थोक व्यवसायीहरूले भोग्नुपरेका समस्या र चुनौतिहरूका विषयमा गम्भीर छलफल गरेको छ।

    ती विषयहरूमाथि समीक्षा सहित नियमनकारी निकायहरूको कार्यशैली, कानुनी अस्पष्टता र स्वास्थ्यसम्बन्धी नीतिहरूमा एकरूपता नहुँदा उत्पन्न असहज अवस्थाबारे बैठकमा विस्तृत छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend