बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चितवनमा ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण, कसरी बच्ने?

चितवनमा ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण, कसरी बच्ने?

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • चितवन। चितवनमा ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।

    images

    साउनयता विभिन्न अस्पतालमा उपचारका लागि आएका ८०१ जनाको नमूना परीक्षण गर्दा ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो। 

    images

    सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका २४ जना, राप्ती नगरपालिकाका ७ जना, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए।

    केसीका अनुसार सङ्क्रमितमध्ये २२ जना चितवन जिल्ला बाहिरका छन्।

    कस्तो हुन्छ लक्षण?

    स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ।

    स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ।

    बच्न के गर्ने?

    स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक केसीले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend